पाकिस्तानमा टमाटरको मूल्य २०० रुपैंया भन्दा बढी

पुलवामा भएको आतंकी हमलाको असर अब भारत र पाकिस्तानको व्यापारिक सम्बन्धमा पनि पर्न थालेको छ। भारतबाबट सडकमार्ग हुदैं पाकिस्तान जाने धेरै बस्तुको सप्लाईमा कमि आएको छ। भारतिय किसानले आफ्नो उत्पादन पाकिस्तान पठाउँनबाट अस्वीकार गरेको समाचार बाहिर आएको छ। 

भारतको मध्य प्रदेशका किसानहरुले पनि टमाटर पाकिस्तान पठाउँन अस्वीकार गरेका छन्। यही कारणले गर्दा पाकिस्तानमा टमाटरको मूल्य अत्यधिक बढ्को छ। यो कुराको जानकारी दक्षीण एसियाका एक पत्रकारले ट्वीटर मार्फत दिएका छन्। उनका अनुसार पाकिस्तानको लाहोरमा टमाटरको मूल्य प्रतिकिलो २०० रुपैंया भन्दा बढी पुगेको छ। 

मिडिया रिपोर्टको अनुसार भारतमा प्रतिकिलो २० रुपैंया भन्दा कममा टमाटर बिकी भईरहेको छ। यस्तै पाकिस्तानमा अन्य तरकारीको पनि मूल्य बढीरहेको जानकारी आएको छ। 

१४ फेब्रुअरीमा जम्मू कश्मिरको पुलवामामा भएको आतंकी हमलामा परि ४० भन्दा बढी भारतीय सुरक्षकर्मीको मृत्यु भएको छ। भारतिय सरकारले यो हमलामा पाकिस्तानको संलग्नता रहेको बताएको छ भने पाकिस्तानले आफ्नो कुनै संलग्न नभएको जनाएको छ।