मानव बेचबिखन विरुद्धको अभियानमा शक्ति समूह

मानव बेचबिखन विरुद्धको अभियान अन्तर्गत मंगलबार पोखरामा शक्ति समूहले यातायात व्यवसायी तथा ट्याक्सी चालकसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो।

कार्यक्रममा ५० जना बस तथा ट्याक्सी चालकको सहभागिता रहेको थियो।कार्यक्रममा मानव बेचबिखनमा बस तथा ट्याक्सी व्यवसायीले भुमिका बारे चर्चा गरिएको थियो।शक्ति समूहकी कार्यकारी निर्देशक मानव बेचबिखन विरुद्ध अभियानकी अभियान्ता सुनिता दुनुवारले मानब बेचबिखन जस्तो धृणित कार्य रोकथामका लागि चालकहरुले कसरी सहयोग पुर्याउन सक्छन् साथै शक्ति समूहको परिचयसहित कास्की जिल्लामा सञ्चालित कार्यक्रम बारे जानकारी दिइन्।

कार्यक्रम सञ्चालन सरिता पौडेलले गरेकी थिन् भने शक्ति समूहका मुल्यांकन तथा अनुगमन संयोजक निरज प्याकुरेलले खुल्ला अन्तरक्रिया र गण्डकी प्रदेशका संयोजक अनिषा लामाले विभिन्न खालका केश स्टडीहरु सेटिङ गरेर मानब बेचबिखन तथा बाल यौनशोषण कम गर्न बाल यौन दुर्व्यवहार विरुद्ध अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।