ब्याजदरले उद्योग, व्यवसाय धरापमा परेको आरोप

nrb

बैक तथा वित्तीय संस्थाले मनोमानी तरिकाले बढाएको ब्याज दरका कारण व्यवसायी मर्कामा परेको सरोबारवालाले बताएका छन् ।

सोमबार लेखनाथमा आयोजित कार्यक्रमका सहभागीले सुरुमा एउटा ब्याज दर कायम गर्ने पछि विभिन्न बहाना र सिस्टमको हवाला दिदै लिने चर्को ब्याज दरले आफूहरु आहत भएको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा संघले पनि ऐक्यबद्धतासहित बैक तथा वित्तीय संस्थाको कार्यशैलीप्रति विरोध आन्दोलनमा साथ दिनुपर्ने सहभागीहरुले माग गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बैंकले सरकार र उद्योग बाणिज्य महासंघको आदेश नमार्ने हो भने संगठित भएर ठूलै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु सुमन भट्टराई, बाबुराम गिरी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, अधिवक्ता भुवन पराजुली, महासचिव भरतकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष बलाराम ढकाल लगायतले बढ्दै गएको ब्याजदरका कारण व्यापार, व्यवसाय नै धरापमा परेको बताए ।