श्रीमती नभएको मौका छोपी छोरी बलात्कार

जन्मदिने र कर्मदिने बुवा भगवान सरह हुन्छन् तर कहिलेकाही तिनै बुवा राक्षस बन्न बेर लाग्दैन भन्ने पुष्टी हुँदै आएका छन् । यसैबीच ललितपुरमा आफनै ९ बर्षकी छोरीमाथि बुवाले बलात्कार गरेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी अभियुक्तलाई शुक्रबार राति नेपाल प्रहरीका एक पुर्व हवल्दार समेत रहेका उनले आफनै छोरीको बलात्कार गरेका हुन् । श्रीमती माईतीघर गएको मौका छोपी उनले छोरी बलात्कार गरेका हुन् ।

बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो । हेप्थपोष्टमा लैजाँदा उनको यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो । हेल्थपोष्टमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको बताएकी थिइन् ।

भतिजा विप्लपको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउसमेत गरिसकेको छ । प्रहरीका अनुसार अभियुक्त पुर्वहवल्दार भगौडा प्रहरी पनि हुन् ।