प्रिमियम मोटर्स प्रालि पोखराले निशानको नयाँ गाडी किक्स बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावीसमेत गरेको छ । किक्सलाई मूल्य, ब्रान्ड र प्रिमियमनेसको हिसाबले ‘द इन्टिलिजेन्स एसयुभी’का रुपमा स्थापित हुने दावी प्रालिका प्रबन्ध निर्देशक सिरोजविजय कोइरालाले गरे ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडी लन्च गरे । सोमबार नै ५ वटा किक्स बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।
किक्सको फराकिलो भित्री भाग र स्टाइलिस्ट बाहिरी आवरणले ग्राहकलाई आकर्षित गर्ने विश्वास प्रिमियर कम्पनीको छ । उत्कृष्ट विशेषतासहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स नेपाली बजारमा इन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजारमा उपलब्ध रहेको प्रालिका प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए ।
किक्समा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटका लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, २ वटा एयरब्याग र इबिडी र बिएसहितको एबिएस समावेश गरिएको कार्यक्रममा जानकारी दिइयो ।
यो एसयुभी गाडी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी ३ प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी २ प्रकारका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न रंगमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए ।
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निशान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पिड, म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डिसिआइको ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।
किक्सको माइलेज क्षमतालाई उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २० किलोमिटर गाडी चल्नसक्ने जनाइएको छ ।
यसको डाइमेन्सन उत्कृष्ट छ । यसको एक्सटेरियर प्रिमियम खालको छ । ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर यसका उत्कृष्ट छन् । अहिलेको प्रतिस्पर्धी बजारमा ‘मूल्यका हिसाबले पनि किक्स गाडी विशेष रहनेछ ।




