नक्कली पैसा बनाउने दम्पती पक्राउ

कास्की प्रहरीले सोमवबर दिउसो २ व्यक्तिलाई पोखरा ५ बाट पक्राउ गरेको छ । १ हजार रुपैयाँका १९ थान नक्कली नेट सहित उनीहरुलाई प्रहरीले पक्रेको हो ।

मकवानपुर हेटौडा घर भई पोखरा ५ पस्र्याङको धारापानीमार्गमा बस्दै आएका ३२ बर्षीय नरेश लामा र उनकी पत्नी २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने कलर प्रिन्टर, ल्यापटप, नेपाल टेलिकम र एनसेलक ९० हजारका रिचार्ज कार्डहरु पनि बरामद गरेको छ ।

उनीहरुबाट मोटरसाइकल, २ मोवाइल र पाँच सय रुपैयाँका दुई वटा भारतीय नोट बरामद गरेको छ । उनीहरुले पोखरा १६ का विभिन्न स्थानमा पुगी नक्कली नोट दिई रिचार्ज कार्ड खरिद गरेर जाने गरेको स्थानीयको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पोखराका विभिन्न बैंक तथा वित्तीय संस्थामा पनि एक महिना यता नक्कली नोट देखिन थालेका थिए । वडा प्रहरी कार्यालय वगरमा राखिएका उनीहरुलाई खोटा मुद्रा अपचलन मुद्दा चलाइने कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।