जीप दुर्घटनामा घाइते भएका प्रजिअ भट्टराईको निधन

सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। प्रमुख जिल्ला अधिकारी भट्टराईको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो।  

माघ १२ गते निजगढमा आयोजित वनभोज कार्यक्रममा सहभागी भएर कलैयातर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चेढेको जीप दुर्घटनामा परेको थियो।

घटना लगत्तै प्रजिअ भट्टराईलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उक्त दुर्घटनालाई परिवारले शंकास्पद भन्दै पत्रकार सम्मेलन पनि गरेको थियो।