कुवेतमा एक नेपाली युवाको मृत्यु

रोजगारीको लागि २ वर्षअघि  कुवेत आएका एक नेपाली युवाको ज्यान गएको छ । कुवेतको  अलनासर कम्पनीमा कार्यरत कैलालीका ३१ वर्षीय गोबिन्द परियारको फेब्रुअरी ९ शनिबारका दिन हृदयघातका कारण भएको हो।

दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीका अनुसार परियारलाई ओफ्रामा रहेको कम्पनीको क्याम्पमा आफू सुतेकै ओछ्यानमा मृत फेला पारिएको थियो । शुक्रवार राती खाना खाएर सुतेका गोबिन्द बिहान काममा जान साथीहरुले उठाउँदा ओछ्यानमै मृत भेटिएका थिए । 

मृत्युको कारणबारे पूर्ण जानकारी आई नसकेको भएता पनि हृदयघातको कारण उनको मुत्यु भएको बुझिएको छ । नेपाली राजदूतावास कुवेतले दिएको जानकारी अनुसार गोबिन्दको शवलाई आवश्यक कानुनी प्रकृया पूरा गरेर नेपाल पठाउने तयारी भैरहेको  छ ।