नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेका छन् ।

गत बर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना रहेकाे भन्दै वासिङ्टनले  ट्रम्पकाे नाम सिफारिस गरेकाे एक जापानी पत्रिकाले लेखेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो ।

आवेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपी आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । पत्रमा जापानी नेताले प्योङयाङसँग चलेको तनावलाई शान्त बनाउन खेलेको योगदानको प्रशंसा गरेका छन् ।  

जापानी नेताले पत्रमा ‘मैले तपाईलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनेको र आफूले उनलाई धन्यवाद दिएको’ अमेरिकी राष्ट्रपतिले ह्वाइट  बताएका छन् ।