जम्मु-काश्मिरमा विद्रोही लडाकुहरु लुकेर हाने गोली ,चार सैनिक मारिए

जम्मु-काश्मिरमा सोमबार बिहान फेरि गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् । एक जना सैनिक घाइते भएका छन् ।

पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको हो ।

अहिले गोली चल्न रोकिए पनि सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् ।

गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ । यस बेला पनि भारतीय सेनाका एक मेजरसहित चार जना मारिएका थिए । मारिनेमा लडाकुहरु लुकेको घरको मालिक पनि थिए ।