स्कर्ट लगाउने महिलाको अनुमतिबिना फोटो खिच्नेलाई २ वर्ष जेल

एजेन्सी– बेलायतमा स्कर्ट लगाउने महिलाको अनुमतिबिना उसको तस्बिर लिन नपाइने भएको छ ।

महिलाहरुको १८ महिने अभियान पछि बेलायतले अनुमतिबिना तस्बिर लिनुलाई महिलामाथिको यौनहिंसा भन्दै दण्डनिय बनाएको छ । बेलायती समाचारमाध्यमका अनुसार यो अपराधसँग जोडिएको विधेयक बुधबार महारानी एलिजाबेथ द्धितियले प्रमाणित गरेपछि लागू भएको छ । 

अबदेखि स्कर्ट लगाएका महिलासँग अनुमति नलिई तस्बिर लिनेलाई दुई वर्षको जेल सजाय हुने छ । उक्त कार्य याैन अपराध मानिनेछ । 

यो कानुन निर्माणका लागि अपस्कर्टिंग (स्कर्ट लगाएकी महिलाको आपत्तिजनक तस्बिर लिनु) की पीडित गिना मार्टिनको नेतृत्वमा १८ महिनासम्म अभियान चलेको थियो ।

यो अभियानलाई धेरै बेलायतीले समर्थन गरेका थिए । यसपछि सरकारले यो कानुन बनाउन गम्भिरताका साथ काम सुरु गरेको थियो । 

यो कानुन बन्नुभन्दा अगाडि यस्तो किसिमको गतिविधिलाई सार्वजनिक शान्तिविरुद्धको अपराधअन्र्तगत मुद्दा चलाइन्थ्यो । तर अब यसमा स्पष्ट कानुनी प्रावधान लागू गरिएको छ ।