एक महिलाले गरिन् पुरुषको हत्या, फ्रिजमा राखिन् भित्री अगं

एजेन्सी । सुन्दैमा अचम्म लाग्ने एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ।

एक बृद्धाले आफ्नो घरको भाडामा बस्ने पूरुषको हत्या गरी स-साना टुक्राहरु पारेर कसैलाई थाहा नहोस् भन्नका लागि प्लाष्टिकको झोला मार्फत जताततै छरपष्ट पारेर फालिन् भने केही अंगहरु उनकै भान्छा कोठाको फ्रिजमा पनि राखिन्। बाहिर प्लाष्टिकमा फ्याँकिएका अंगहरु कुकूरले यताउता लगेको देखेपछि सो घटना बाहिर आएको हो।

त्यसपछि महिलाका सन्तानले हराएका पूरुषका अंगहरु आफ्नै फ्रिजमा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पक्राउ परेकी ८० वर्षीया ती बृद्धाले घटनाबारे भने मुख नखोलेको बताइएको छ। रुसमा भएको सो घटनाले पछिल्लो समयमा विश्वभर नै चर्चा पाइरेहको छ।

ती बृद्धा भाडामा बस्ने डेरावालको हत्या गरी पक्राउ परेपछि विभिन्न कुराहरु खुल्दै गएका छन्। एक न्यायाधीशले हत्याको अनुसन्धान हुन्जेल महिलालाई दुई महिनाको हिरासतमा राख्ने आदेश दिएका छन्।

कानून कार्यान्वयन अधिकारी सूत्रहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले दिएको खबरअनुसार, पुरुष डेरावालको शरीरका आन्द्रालगायत भित्री भाग महिलाको फ्रिजमा भेटिए।

उनका अंगहरु कुकूरले फेला पार्नुका साथै अपार्टमेन्ट ब्लकनजिकै पार्कमा खेलिरहेका बच्चाहरूले व्यक्तिको काटिएको हात फेला पारेका थिए। त्यसपछि प्रहरीले अनेकौं प्लास्टिक ब्यागबाट शरीरका अन्य भाग पनि भेटे।

मृत ५२ वर्षीय युक्रेनी डेरावालको शरीरको अंगमा भेटिएको फिंगर प्रिन्टबाट वृद्धा महिलासम्म प्रहरी पुग्यो। महिलाले डेरावालको हाड फ्याँकेकी थिइन् भने भित्री अंग फ्रिजमा भेटियो। कुकुरहरूले रगतको गन्ध पाएपछि पूरै एरियाभरि शरीरका अंग्रप्रत्यंग छरे।