बर्षा राउत र संजोग कोइरालाले गरे इन्गेज्मेन्ट

करिब ६ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् ।

फागुन २ गते प्रेम दिवसका दिन बिवाह गर्ने तयारीमा रहेका बर्षा संजोगले सोमबार दुबै जनाको परिवारका सदस्यको उपस्थितीमा एक अर्कासंग औँठी साटासाट गरेका हुन् । इन्गेज्मेन्टको तस्बिर सार्वजनिक गर्दे दुबै जनाले प्रेमभावपुर्ण शब्दमा लेखेका छन् “हरेक  कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ”  उनीहरुले आफुहरुको नामबाट संयुक्त नाम पनि राखेका छन् सन्सा ।

प्रेम सम्बन्धमा रहेका उनीहरुलाई बिवाह कहिले गर्ने भन्ने प्रश्नले आउने गथ्र्याे । उनीहरुको सम्बन्धमा परिवारको पनि सहमती भएकाले केही दिन अगाडीमात्र उनीहरुले अचानक बिवाह गर्न लागेको भन्दै सप्राईज दिँदै कार्ड सार्वजनिक गरेका थिए । फिल्मको अडिसनको क्रममा एक अर्कालाई भेटेका उनीहरुको त्यहीबाट नजिकको सम्बन्ध बनेको थियो ।

बर्षा संजोगले कहिले पनि आफनो प्रेम सम्बन्धलाई लुकाएनन् नत कहिले उनीहरुबीच मनमुटाव भएको नै खबर आयो । म्युजिक भिडियो हुँदै नाई नभन्नू ल ४ बाट डेब्यु गरेकी बर्षा अहिले सिनेमा क्षेत्रकी चर्चित अनि व्यस्त नायिकामा पर्छिन् । संजोग फिल्ममा कम व्यवसायमा बढि ध्यान दिन्छन् ।

भर्खरै मात्र गोपी , दाल भात तरकारी , जात्रै जात्रामा काम गरेकी छिन् भने उनको फिल्म गोपी भर्खरै मात्र रिलिज भईरहेको छ भने चौका दाउ भने हलमा पत्तासाफ नै भयो । संजोगले अभिनय गरेको फिल्म कथा काठमाडौ केही समय अगाडी रिलिज भईसकेको छ । बर्षा र संजोगले ठुलो पर्दामा भने शिव श्रेष्ठको फिल्म एउटा यस्तो प्रेम कहानी जोडी भई काम गरेका छन् । जुन रिलिज हुने क्रममा रहेको छ ।