इन्फोटेकका ७५ प्रतिशत स्टल बुकिङ, तयारी तिब्र

फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइपे’को तयारी अन्तिम चराणमा पुगेको क्यान कास्की अध्यक्ष युवराज पौडेलले जानकारी दिए । “७५ प्रतिशत स्टल बुकिङ भएको छ, यो बर्ष हामी इन्फोटेक अझै ब्यवस्थित हुने विश्वास लिएका छौ, उत्साहजनक गतीमा सबै उपसमितीहरुले काम गरिरहेका छन” पौडेलको भनाइ छ । १० औं संस्करणको मेलासम्म आइपुग्दा सूचना, प्रविधिको विकास क्रमबारे नयाँ पुस्तालाई जानकारी दिन संग्रहालयको व्यवस्था गर्न लागिएको समेत जानकारी दिए ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, सूचना प्रविधि संग्रहालय, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटप निःशुल्क मर्मत, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीय स्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिए ।

क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल पनि हुनेछ ।