को बन्छ लखपति : कन्या कलेजबाट २६ जना छनौट

कालिका मिडियाको को बन्छ लखपति ? को कलेज चरणको अडिसन आज पनि जारी छ । कालिका मिडियाले आयोजना गरेको बौद्धिक क्षमताको रोमाञ्चकारी खेल को बन्छ लखपतिको कलेज चरणको अडिसन अन्र्तगत आजको पहिलो अडिसन चितवनको मैयादेवि कन्या कलेज भरतपुर–१० बाट २६ जना छनौट भएका छन् । यसपछि आजै बाल्मीकी शिक्षा सदन भरतपुर– ६ वैदिकनगरमा दोस्रो अडिसन सुरु भइसकेको छ ।

यसअघि २० वटा कलेजमा भएको अडिसनबाट ५२० बिद्यार्थी स्टुडीयो राउण्डको लागी छनोटमा परिसकेका छन ।अडिसन पछि सजिलै संग नगद रु १ लाख सम्म जित्न सकिले भएकाले समेत अडिसनमा बिद्यार्थीहरुको उत्साहाजनक सहभागीता रहेको छ ।

कार्यक्रमको टाईटल स्पोन्सरमा मेट्स ईन्टरनेशनल रहेको छ भने एसोसियट्स पार्टनरमा एमाहा एफ एस रहेको छ । यसै गरी प्रायोजक तथा सहयोगी संस्थमहरुमा सेन्ट्रल कलेज, कबिलास रिसोर्ट एण्ड फन पार्क, फेसबुक कम्प्युटर सप्लायर्स, परिवर्तन मालिस तेल, न्यु सन्सार टेलरिङ एण्ड सर्टिङ सुटिङ र चितवन साउण्ड सर्भिस रहेका छन् ।