प्रलेस मकवानपुरमा वन्दना

प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरको सातौं जिल्ला सम्मेलनले शान्तिप्रिय वन्दनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबारको सम्मेलनबाट उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जिवी लामिछाने र कोषाध्यक्षमा डिबी बर्तौलालाई चयन भए ।

सम्मेलनमा अध्यक्ष आचार्यले संस्थाको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष नानीमैयाँ विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाले सत्ताधारीलाई जहिले पनि खबरदारी गर्दै सही बाटामा लैजानु लेखक तथा संस्कृतिकर्मीको दायित्व रहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्य, प्रलेसका केन्द्रीय सदस्य निमेष निखिल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देल, संघका पूर्वध्यक्ष सम्राट् तुम्बाहाङ्फे, जिल्ला सल्लाहकार कौशल पाण्डे, उमाकान्त आचार्य तथा ऋषिराम पोख्रेल, तुलसी घिमिरे लगायतले अब प्रगतिशील साहित्यकारले नयाँ कार्यशैलीसहित विचार र कामलाई तिखार्नुपर्नेमा जोड दिए ।