नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै मार्मिक लोकदोहोरी गीत घातको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायक हरि बहादुर काफले मगर र गायिका सुमित्रा राना मगरको आवाज रहेको छ । आफुलाई प्राण भन्दा प्यारो तरिकाले माया गर्ने मायालुले अर्कोलाई खुशी पाने आफना प्रेमीलाई माया गर्ने प्रेमीकालाई कहिले पनि साथ नछोड्न आग्रह गरेका छन ।
सविता सुनारको शब्द तथा तिर्थ विक्रम पाख्रिनको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । घात गीतमा सारिका केसी , समिर विकी र संगीताको अभिनय रहेको छ ।




