भारी हिमपात र हावाहुरीले मुस्ताङको जनजीवन कष्टकर


यातायात,बिद्युत,सञ्चार र हवाई सेवा प्रभावित

शुक्रबार मध्यराति परेको भारीहिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङको जनजिवन अस्तव्यस्त बनेको छ ।भारी हिमपातको असरले स्थानीय सर्वसाधारणको दैनिकीमा समेत प्रतिकुल असर परेको जनाईएको छ ।


हिमपातकै कारण अहिले पुरै शिङ््गो मुस्ताङमा बिद्युत सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड््काले जानकारी दिनुभयो ।उहाँका अनुसार शुक्रबारको हिमपातले केन्द्रिय बिद्युत प्रशारण लाईनको ईन्टेकमा हिउँ जमेका कारणले बिद्युत सेवा बन्द भएको हो ।सदरमुकाम जोमसोमक्षेत्रमा भने सौर्यउर्जा सोलार प्यानल,जेनेरेटर र ईन्भटरको सहयोगमा टेलिफोन सेवा कामचलाउ गरिएको छ ।जोमसोममा सञ्चार सम्पर्कलाई सहज बनाउने प्रयास गरिएपनि ईन्टरनेट सुविधा रोकिदा कुनैपनि कार्यालयका सिस्टमले काम गर्न नसकेको उनले बताए ।

त्यस्तै,उपल्लो मुस्ताङको लोमान्थाङ ,लो–घेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र ,थासाङ गाउपालिकामा लगायत सदरमुकाम संग जोडिएको घरपझोङ गाउपालिका अन्र्तगतका १,२ र ५ नम्बर वडाहरुमा समेत पुरै बिद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको प्््रहरी नायव उपरिक्षक खड््काको भनाई छ ।उनले बिद्युत लाईन तथा संञ्चार सेवा अवरुद्ध भएकाले मुस्ताङको जनजीवन कष्ठकर बनेको बताए ।


केही दिनअघिको लगातारको हिमपातको असरले जोमसोम मुक्तिनाथ सडकखण्ड बिगत १० दिन अगावै बन्द भएको छ भने उपल्लो मुस्ताङ रुटमा चल्ने सवारी साधन केही महिना अघिनै बन्द भएका छन्् ।मुस्ताङमा शुक्रबार राति तल्लोक्षेत्र जोमसोम,मार्फा,टुकुचे,कोवाङ,लेते, घासा लगायतका स्थानमा २ फिट बढी हिउँ परेको प्रहरी नायब उपरिक्षक खड््काले जानकारी दिए ।सडक हिउँले सेताम्मे बनेपछि पोखरा देखि जोमसोम रुटमा चल्ने साना–ठुला सवारी तथा स्थानीय रुटमा चल्ने सवारी साधन हिउकै कारण रोकिएको उनले जनाए ।‘ सडक पुरै हिउँले ढाकिएको छ ,ट्र्््याक दैखिदैन,’प्रहरी नायब उपरिक्षक खड््काले भने,‘ हिउ नपग्लिए सम्म सडक खुल्ने अवस्था छैन,सडक सुचारु गर्न मौसममा सुधार आउनुपर्छ ।’


त्यस्तै,जोमसोम–मुक्तिनाथ सडक हिमपातले अवरुद्ध भएपछि ४ दिनअघि हवाईसेवा मार्फत पोखरा देखि जोमसोम आएका १० जना भारतिय पर्यटक जोमसोममै अलपत्र परेको होटल ट्रेकर ईनका सञ्चालक सकबहादुर लालचनले जानकारी दिए ।‘मुक्तिनाथ सडक हिउले ढाकिएको छ ,सवारी चल्ने अवस्था छैन,’उनले भने,‘ टाढाटाढाबाट आएका उनीहरु होटलमै बस्न बाध्य छन्् ,पैदलै पुगेर मुक्तिनाथ दर्शन गर्नसक्ने अवस्था समेत छैन ।’


शुक्रबार राति र शनिवार बिहानपख परेको हिमपातका कारण जोमसोम–पोखरा हवाई उडान समेत प्रभावित भएको छ ।जोमसोम नागरिक उड््यन कार्यालयका प्रमुख भानु कोईरालाका अनुसार जोमसोममा प्लेन अवतरण गर्ने धावनमार्गमा २ फिट हिउँ थुप्रिएको जानकारी दिए ।‘ अहिले सम्मकै ठुलो हिमपात भयो,धावनमार्ग पुरै हिउँले छोपिएको छ,’उनले भने,‘मौसममा सुधार नआएसम्म हवाई उडानको ग्यारेण्टी छैन,मौसम राम्रो भएमा हिउ सफा गरी उडान भर्ने वातावरण मिलाउँछौ ।’अहिलेृ जोमसोम बिमान स्थलको करिव ५ सय मिटर कालोपत्रे धावनमार्गमा पुरै हिउँ जमेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले मौसममा सुधार हुनसाथ हिउँ पन्छ््याउन पहल गर्ने जनाएको छ ।मुस्ताङमा बिजोडको हावाहुरी चलेपछि बिगत ४ दिनअघिबाट जोमसोममा कुनै एयरलाईन्सका उडान हुन नसकेको जोमसोम नागरिक उड््यन कार्यालयले जनाएको छ ।


हिमपातले मुस्ताङको पुरै सडक ढाकिएको छ भने डाडापाखा सेताम्मे बनेका छन्् ।उपल्लो मुस्ताङमा समेत ३ फिट बढी हिउ परेको छ ।उपल्लो मुस्ताङमा चौथो पटक लगातार हिउ परेपछि स्थानीयको दैनिकीमा समेत परेको हो ।त्यहा खानेपानीको मुहान ,नदीनाला र सेफ्टी ट््याङ््की समेत जमेकाले स्थानीयले सास्ती थपिएको हो ।त्यहाका स्थानीय गईठा बालेर जाडो हटाउने ,खाना पकाउने र तातोपानी तताएर दिन काट््न बिवश भएका हुन्् ।मुस्ताङ तल्लो क्षेत्रमा समेत शुक्रबारको हिमपातले त्यस्तै अवस्था सृजना भएको जनहित माध्यमिक बिद्यालयकी शिक्षिक प्रमिता थकालीले जानकारी दिईन्् ।उनले धारा,मुहान,बिद्युत र सञ्चार सुविधा प्रभावित भएको जनाईन्् ।
भारी हिमपातले बिद्युत तथा सञ्चार सुविधा अवरुद्ध भएपछि मुस्ताङमा अवस्थित सेवाप्रदायक सघ सस्था प्रभावित भएका हुन्् ।स्थानीयतहलाई लक्षित गरी सञ्चालन गरिएको ५ वटै स्थानीयतहका बैङ््क तथा बित्तिय संस्थाको कारोवार समेत ठप्प भएको प्रभू बैंङक जोमसोमका शाखा प्रमुख नरेन्द्र थकालीले जानकारी दिए ।


हिमपातले मुस्ताङको छेङ््गुर गाउमा रहेको सामूदायिक समाजघर हिउको वजनले छत खस्न पुग्दा त्यहाका रहेका भौतिक सरचनामा क्षति पुगेको ईलाका प्रहरी कार्यालय मुक्तिनाथले जनाएको छ ।हिमपात र हावाहुरीले वारागुङ मुक्तिक्षेत्रकै छुसाङको जननर्मल आधारभुत बिद्यालयको छानो उडाएको छ भने कागबेनी धर्मशाला भवनको छानो उडाएको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका सूचना अधिकारी सुर्य तिमिल्सिनाले जानकारी दिए ।