परीक्षाको मुखमा कार्यकर्ता छुटाउन स्कुल बन्द

विद्यार्थीको अधिकार नारा रटिने विद्यार्थी संगठनहरु व्यवहारमा चाहिँ विद्यार्थीको भविष्यप्रति जिम्मेबार छैनन् । यो पटक पटक प्रमाणित भएको तथ्य अहिले फेरि पुनः पुष्टि भएको छ ।
आफ्ना कार्यकर्ता छुटाउन उनीहरु शैक्षिक हड्तालसम्म गर्न पछि पर्दैनन् । उनीहरुका माग न विद्यार्थीले पूरा गर्न सक्छन्, न अभिभावकले । सधै विद्यार्थी र अभिभावकलाई मार किन प्रश्न निरुत्तर छ ।

बार्षिक परीक्षा नजिकिँदै गर्दा बिहीबार देशभरका लाखौं विद्यार्थीले पढ्न पाएनन् । हतियारसहित पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन दबाब दिने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी ९नेत्रविक्रम चन्द० को भ्रातृसंगठन अखिल क्रान्तिकारीले शैक्षिक हडताल गरेको हो । आज विभिन्न जिल्लाका सामुदायिक र निजी शिक्षण संस्थामा पठनपाठन भएन ।

कास्कीमा पनि पोखरा महानगरको गाडी जलाएको अभियोगमा पक्राउ परेका नेविसंघ कार्यकर्तालाई छुटाउन नेविसंघले शैक्षिक हड्तालसम्मका कार्यक्रम घोषणा गरेको छ ।

क्रान्तिकारीले विराटनगरमा पक्राउ परेका संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई रिहाइ गर्ने माग राखेर क्रान्तिकारीले हडताल गरेको हो । उनी माघ १७ मा हतियारसहित पक्राउ परेका थिए । नरेन्द्र पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्माका छोरा हुन् ।