बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ ।

ढुंग्री प्रहारबाट ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अंशबण्डाको विषयमा विवाद हुँदा बुहारी ३० वर्षीय तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी थिइन् ।

ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट गएको प्रहरी टोलीले बुहारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।