भ्यालेन्टाईन विकको सुरुवात : आज रोज डे

फेब्रुअरीको महिना हो यसलाई हामी प्रेमको महिना पनि भनेर पनि चिन्दछौं । किनभने फेब्रुअरीको १४ तारीख मा प्रेम दिवस पर्ने गर्छ भने प्रेम दिवस भन्दा एक हप्ता अगाडीवाट विभिन्न किसिमका दिनहरुको सेलिब्रसन सुरु हुन्छ । आज पहिलो दिन ७ फेब्रुअरी रोज डे ।

आज आफ्ना प्रेमीहरुलाई गुलाफ साटासाट गरेर प्रेम साटासाट गर्दै मनाउने गर्दछन् । आज आफूले माया गर्ने र मनपराउने ब्यक्तिलाई गुलाफको फुल सँगसँगै रोमान्टिक सायरीहरु एक आर्कामा आदान प्रदान गरेर आफ्नो सम्वन्धलाई प्रगाढ बनाउन सकिन्छ । तपाई पनि मनाउने होईन त भ्यालेन्टाईन विकको पहिलो दिन रोज डे ?