नेपाल आइडल बिजेता रबि ओडले अस्ट्रेलियामा धमाकेदार प्रश्तुति दिएका छन। अहिलेको बहुचर्चित गित सालको पात टपरी हुनी बोलको गीतमा स्टेजबाट आफ्नो प्रश्तुतिले दर्शकलाई झुमाएका हुन ।
सालको पात टपरी हुनी बोलको गित अहिले सर्वाधिक चर्चा कमाउने गित मध्य एक पर्छ। उक्त गीतलाई अहिले सम्म ३ करोड भन्दा धेरै पटक हेरिएको छ। मेला महोत्सब र पिकनिक कार्यक्रममा यहि गित घन्किने गर्दछ।
सुदूरपश्चिमका रवि ओड नेपालको दोश्रो नेपाल आइडल घोषित भएपछि धेरै चर्चा संगै उनको व्यक्तिगत जिबनमा उतार चडाब आएका छन । पहिलो विदेश यात्रा जापान बाट शुरु गरेका रबि त्यस अघि नेपालमा हुदा देशमा हुने बिभिन्न सांगेतिक कार्यक्रम लगायत मेला महोत्सबमा आफ्नो उपस्थिति जनाउदै आएका थिए। अति नै बिबादित बनेका रबि ओड र सालको पात टपरीमा यसरी रुमलिदै दर्शक ।




