राज्यविहीनता हुन नदिने सिद्दान्तका आधारमा विधिको निर्माण गर्न जरुरी

नागरिकता प्राप्त गरेकाहरुको छोरा छोरिको हकमा राज्यले नागरिकताबाट बन्चित गरि मौलिक अधिकारबाट बन्चित गरेको एक कार्यक्रमका सहभागिहरुले आरोप लगाएका छन् ।

नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले आयोजना गरेको नागरिकता समस्य र चुनौतिक विषयक कार्यक्रममा बोल्दै अधिवक्ता विश्वजीत तिवारीले नागरिकता नेपालको जटिल मुद्दा भएको बताउदै विशेषगरी खुला सिमानाको कारण भारत र नेपालमा आवतजावत, बसाइसराइले ल्याएको यो समस्याको समाधान सतही पाराले खोजेर नहुने बताए ।

थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख आलम खानले, नेपालमा नागरिकताको प्रश्नलाई समाधान गर्ने हो भने राज्यविहीनता हुन नदिने सिद्दान्तका आधारमा विधिको निर्माण हुनुपर्ने बताए । नेपालको विशिष्ट भौगोलिक स्थितिलाई ध्यान पनि दिनु छ, समस्याको समाधान पनि गर्नु छ ताकि नेपालको सामाजिक सांस्कृतिक सद्भाव पनि नखल्बलियोस् र नागरिकताको मुद्दा पनि सधैंका लागि समाप्त गर्न जरुरी रहेको धारण राखे ।

बाल अधिकारकर्मी प्रतिमा ओलीले,नेपालमा जन्मेका, हुर्केका, बसोबास गरेका व्यक्तिहरू राज्यविहीन बन्दै गएको बताए । उनले भने नेपालको नागरिकता नपाउनु भनेको तिनको वृत्तिविकासदेखि हरेक कुरामा प्रतिकूल असर परीरहेको बताए ।

नागरिक संबाद समूहकि सचिव एंव मुस्लिम बिकास चेतना केन्द्रकि शिवानी सिहंले राज्यबिहनहरु नेपालबाट बाहिर जान पनि सक्दैनन, नेपाली पनि भएर नरहने भए अर्को शब्दमा ती व्यक्तिहरू नेपालका लागि अकारण दायित्व भएर रहनु भएको बताउदै नेपाली महिलाका सन्तान भएका नाताले त्यस्ता व्यक्तिले नागरिकता प्राप्त नगर्नु भनेको राज्यविहीनताको मात्र होइन मानवीय हिसाबले पनि अमिल्दो रहेको बताइन् ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र कि सदस्य मोहिनी बाल्मीकीले नेपाली पुरुषसँग सम्पर्कमा रही गर्भधारण गरेका तर त्यस्तो पुरुषले छाडिदिएका विदेशी महिलाबाट जन्मेका सन्तान पनि नेपालमै हुर्के बढेमा नागरिकताबाट वञ्चित गर्न नहुनु जिकिर गरे ।

नया शक्ति पार्टीका नेता बेद प्रकाश आचार्यले राज्यले मधेशीहरु माथि शोषण गरेको आरोप लगाउदै नागरिकता लिनका लागि अब राजनितिक र आर्थिक लेनदेनमा नलागि सडक संघर्ष मार्फत लिने वातावरण तयार गर्न जरुरी रहेको बताए ।