लो–घेकर गाउपालिकाले बुझायो डिपिआर

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउपालिकाद्धारा जिल्लाका प्रदेश सांसदहरुलाई सोमबार डिपिआर प्रतिबेदन हस्तान्तरण गरेको छ ।गाउपालिकाले अधि सारेका प्रमुख प्राथमिकरणका आयोजनालाई पूरा गर्न नसक्ने भएपछि संघीय तथा प्रदेश सांसद टोलीलाई यसबारे अवगत गराएको हो ।


गाउपालिकाले आफ््नो १० दिने लामो अध्ययन–अवलोेकन भ्रमण सकेर जिल्ला फर्किने क्रममा सांसद टोलीलाई पोखरामा एक कार्यक्रम गरी डिपिआर प्रतिबेदन बुझाएको हो ।न्यू प्लान ईन्जिनीयरिङ सर्भिस प्रालि काठमान्डौले तयार पारेको डिपिआर प्रतिबेदन गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले प्रदेश सांसद ईन्द्रधारा बिष्ट,महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचनलाई संयूक्त रुपमन हस्तान्तरण गरेका हुन्् । पेश गरिएको डिपिआर प्रतिबेदनमा ग्रामिण सडक,सिचाई र नदी नियन्त्रण आदी बिषय समावेश प्रतिबेदन अध्यक्ष बिष्टले पढेर सुनाए ।


लो–घेकरको डिपिआर प्रतिबेदन मध्ये जिल्लाकै अग्लो उचाईमा अवस्थित चराङ– दामोदरकुण्ड कालोपत्रे सडक ठुलो लागतको छ ।उक्त सडक २६ किलोमिटर लामो छ ।सडकका लागि करिव ६३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।त्यस्तै,भियनाको सितोङ देखि घीलिङ सम्मको घीलिङ सिचाई आयोजना तथा मराङ खोला सिचाई आयोजना छन्् ।घीलिङ सिचाईका लागि ६ करोड ४८ लाख र मराङ सिचाई स्तरोन्नतिका लागि ३ करोड ४८ लाख लाग्ने प्रतिवेदनमा जनाईएको छ ।गाउपालिकाले ४ वटा आयोजनाको अलग अलग प्रतिबेदन तयार पारेको हो ।


गाउपालिकाले धार्मिक पर्यटनलाई जोड््ने उद्देश्यले दामोदरकुण्ड सडकलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष बिष्टले बताए ।उनले दामोदरकुण्ड सम्म नसकिएपनि घ्यूमा सम्म सडक जोड््न सकिए दामोदरकुण्ड जाने तिर्थालुको संख्या बृद्धि हुने दावी गरे ।उनका अनुसार घीलिङको जमिन मलिलो र कृषि खेतिको प्रचूर संम्भावना भएकाले सिचाईको सुविधा भए हरेक कृषिक्षेत्रको प्रर्वधन गर्न सकिने छ ।


यस्तै बर्षेनी वर्षायामको मौसममा घ्ये खोलाको बहावले नदी कटान गर्दा त्यहा वरपरका बस्ती तथा खेतियोग्य जमिन जोखिममा पर्दै आईरहेको छ ।बिगतका टुक्रे बजेटले दिर्घकालिन रुपमा नदी नियन्त्रण गर्न समस्या परेको अध्यक्ष बिष्टको भनाई छ ।आयोजनाका लागि पूरै प्रयास गरिदिन र त्यसका लागि गाउपालिकाले जस्तो सुकै कष्ठ झेल्न तयार रहेको सांसदहरुलाई सुझाए ।


प्रदेश सांसद ईन्द्रधारा बिष्टले मुस्ताङलाई बिशेष पर्यटकीय हबको रुपमा बिकास गर्न प्रदेस सरकारको लक्ष्य रहेको बताए ।उनले मुस्ताङको लो–सार र मनाङको चुनढुग््गीलाई अन्तराष्ट्रिय फिल्मी सुटिङ गन्तब्यको रुपमा बिकास गर्ने योजना रहेको जनाए ।उनका अनुसार प्रदेश सरकारले जिल्लाको बिकासका लागि थुप्रै राम्रा र सकारात्मक कार्यक्रमहरु अघि बढाएको उल्लेख गर्दै सांसद बिष्टले स्याउ खेतिको बिस्तारका लागि शिङ््गो मुस्ताङलाई स्याउ जोन घोषणा गरिएको,ढाक्मर घर गुम्बा,चराङ देखि मराङ सम्म रिङरोड,घ्ये–ताङ््ग्या जोड््ने मोटरेबल पुल,घ्ये–ताङग्या सिचाई आयोजना र ढि ,सुर्खाङ,यारा र घारामा व्यवस्थित खानेपानी आयोजनाका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिए ।

उनले जिल्लाका महिलाहरुको प्रसुति समस्यालाई सहज पार्न ईमजेन्सी ईयर हेलीको व्यवस्था गर्ने तैयारी भईरहेको जनाए ।उनले,उपल्लो मुस्ताङमा प्रहरी चौकी भवन निर्माण,सौर्य उर्जा, मोडेल फर्म र खेलमैदान निर्माण गर्न पहल भैईरहेको बताए ।चराङमा बिमानस्थल निर्माणका लागि प्रदेश सरकार सकारात्मक रहेको गाउपालिकाका टोलीलाई उनले बताए ।संघीय सरकारले कोरलानाका जोड््ने राष्ट्रिय गौरवको आयोजना अघि बढाईरहेको अवस्थामा प्रदेश सरकारले पनि सुस्ता–त्रिवेणी–कोरलाको अर्को प्रदेश गौरवको आयोजना सुरु गर्न लागेको सांसद बिष्टले जनाए ।


प्रदशका अर्का सांसद महेन्द्रबहादुर थकालीले प्रदेशमा ऐन नियम र नीति निर्माणमा ढिलाई हुदा बिकासे मोडेलहरुले आवश्यक गति लिन नसकेको बताए ।उनले संघीय सरकारले प्रदेश सरकारलाई दिने अधिकार तथा प्रदेशमा कानुन निर्माण गर्न समय लागेकाले समस्या परेको उल्लेख गरे ।गाउपालिकाले बुझाएको बिकासे प्रतिबेदन सकारात्मक रहेको र यसका लागि आवश्यक पहल गर्ने सांसद थकालीले सुझाए ।उनले जनताले उठाएका माग संम्वन्धित निकायमा पु¥याउने तर कति पूरा हन सक्छन््÷सक्दैन बिश्वस्त दिलाउने आधार नभएको स्पष्ट पारे ।


यस्तै अर्का सांसद चन्द्रमोहन गौचनले स्थानीयतहले टुक्रे योजनामा बजेट खेर फाल्न नहुने बताए ।उनले जिल्लामा खेर गएका खाली जमिनको नक्सान गरेर लिजमा दिनुपर्ने जनाए ।उनले मुस्ताङमा थुप्रै सरकारी जग्गाको नक्साङन नभएको र अब स्थानीय तथा प्रदेश सरकारको स्वामित्वमा ल्याएर खेर गएका जग्गालाई उपयोगमा ल्याउन््ु पर्नेमा जोड दिए ।मुस्ताङमा सौर्य उर्जाको प्रचूर संम्भावना रहेको र हावाबाट बिजुली निकाल्ने देखि स्याउ खेतिका लागि जग्गा स्थानीयतहले लिजमा दिने व्यवस्था गर्नुपर्ने जनाए ।

‘संघीय संरचना नया हो,सधैभरी संघीय र प्रदेशले बजेट दिन्छ भन्ने नसोचौ,’सांसद गौचनले भने,‘यसैले स्थानीतह बलियो बन्न श्रोत साधनको भरपूर उपयोग गर्नुपर्ने हुन्छ ।पैसा आफै कमाउ र आफ््नै पालिकाको बिकास गर्ने सोच अनुसार अघि बढौ।’उनले भने ।सांसद गौचनले गाउपालिकाले राखेको दामोदरकुण्डग सडक ठुलो बजेटको भएकाले प््ुरै जनप्रतिनिधि टोलीले संघीय सरकारमा पू¥याउने प्रतिबद्धता जनाए । जिल्लाका पुरै पालिकामा २ वर्षभित्र राष्ट्रिय बिद्युत ग्रेड बिस्तार र १ वर्ष भित्रमा कुना कुनामा टेलिफोन लाईन बिस्तार गर्न प्रदेश सरकार लागि परेको जानकारी दिए ।