आलियासंग ब्रेकअपको पीडा पोख्दै सिद्धार्थ

ग्लामरको दुनियामा प्रेम र सम्बन्ध टिक्ने आधारहरु निकै कम देखिने गरेको छ । यो दुनियामा कुन सम्बन्ध कति बेला टुट्छ कति बेला जुट्छ कुनै पत्तो हुँदैन । बलिउडकै कुरा गर्दा यस्ता कयौँ जोडीहरु छन् जसको प्रेम सुरुमा चमकधमक भयो तर अन्त्य दुखद । यस्तैमा पर्ने जोडी हो आलिया भट्ट र सिद्धार्थ मलहोत्रा । सन् २०१२ मा स्टुटेन्ड अफ दी इयरबाट फिल्मी दुनियामा एकसाथ डेब्यु गरेका उनीहरुको प्रेम चर्चा त्यसपछि सुरु भएको होला , लामो समय यी दुई प्रेममा परे तर सार्वजनिक रुपमा भने खासै बोलेनन् तर उनीहरुको प्रेमबारे बलिउड जगजाहिर थियो

त्यसपछि पनि केही फिल्महरुमा काम गरेका आलिया सिद्र्धाथको प्रेम लामो समय टिक्न सकेन । यतिबेला आलिया रणबिर कपुरसंग प्रेममा मस्त छिन् भने सिद्धार्थको नाम त्यसपछि कुनै युवतीसंग जोडिएको छैन । आफनो सम्बन्धको बारेमा खासै नबोलेका सिद्धार्थले हालै करण जौहरको शो कफि वीथ करणमा सिद्र्धाले यस बारेमा कुरा गरेका छन् । चार बर्षपछि ब्रेकअप भएका यो जोडीले हरेक कार्यक्रमहरुमा भेट्दा एक अर्कालाई इग्नोर गर्ने गर्थे । जसको गुनासो गर्दे सिद्धार्थले भने “ब्रेकअपपछि हामी कहिल्यै भेटेका छैनौँ” ।

“हाम्रो सम्बन्ध सामाजिक थियो मलाई लाग्दैन यसमा कुनै तितोपन थियो । यो सम्बन्ध सकिएको लामो समय भईसकेको छ । आलियालाई म डेट गर्नुभन्दा अघि बाट नै चिन्ने गर्थे । मैले मेरो पहिलो सट नै आलियासंग दिएको थिए जुन अब इतिहास बनिसकेको छ” । आलियासंग भबिष्यमा काम गर्न नसक्ने बताएका सिद्धार्थ भन्छन् “केही कारणहरु छन् जसले गर्दा हामी साथ अब काम गर्न चाहान्नौ” ।