प्रगतिशील लेखक संघ लमजुङ शाखाको अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिमा वसन्त अधिकारी अध्यक्ष, कृष्णकुमारी रिमाल उपाध्यक्ष, सङ्गीता खत्री सचिव र रघुनाथ घिमिरे कोषाध्यक्ष छन् ।
सदस्यमा कमला के।सी, वेनबहादुर सुयँल, प्रेमबहादुर भट्टराई, स्थिर घिमिरे, काजीराम वस्नेत, तीर्थ गुरुङ, सम्झना चिलुवाल, शोभा थापा र मनुराम गुरुङ निर्वाचित भए । कार्यक्रमको अध्यक्षता कमला के।सी।ले गरेकी थिइन् । प्रगतिशील लेखक संघ देशभरका प्रगतिशील लेखकहरुको साझा मञ्च हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य धनञ्जय दवाडी र प्र।ले।स। केन्दीय उपाध्यक्ष डा।कृष्ण अधिकारी, पार्षद कल्पना चिलुवाल लगायतले बोलेका थिए ।