राष्ट्रिय जनमुक्ति पार्टी गण्डकीमा मन्धरी आले

राष्ट्रिय जनमुक्ति पार्टी गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका मन्धरी आले निर्वाचित भएकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारमा बिहीबार सकिएको पार्टीको प्रथम अधिवेशनबाट आले सर्वसम्मत अध्यक्ष बनेकी हुन् ।

अधिवेशनबाट प्रदेशको उपाध्यक्षमा मनकुमारी पाइजा (पर्वत), तुलबहादुर सुनारी (नवलपुर), विष्णुमाया थापा (तनहुँ), सचिवमा पूर्णबहादुर राना (तनहुँ), उपसचिवमा मीना थापा (तनहुँ) र कोषाध्यक्षमा चेतबहादुर सारु (नवलपुर) निर्वाचित भए ।

सदस्यमा टीकाराम पुन मगर (पर्वत), मीनमाया थापा (स्याङ्जा), विनिता परियार (मुस्ताङ), टकबहादुर थापा (नवलपुर), बिना गुरुङ (कास्की), दुमिसरा सोती (नवलपुर), पदममाया गाहा (नवलपुर), बिना आले (नवलपुर), शिवबहादुर पुन (नवलपुर), धनमाया राना (तनहुँ), चमेली कुमाल (गोरखा), जुठे कुमाल (गोरखा), नन्दबहादुर बाचे (गोरखा), कृष्णबहादुर कुमाल (गोरखा) र धनबहादुर कुमाल (गोरखा) छन् ।

अधिवेशनपछि उक्त पार्टीले ३० बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा भ्रष्टाचारीलाई देशद्रोह घोषणा गरी जन्मकैद र निजको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, स्वदेशी कच्चापदार्थमा आधारित उद्योग कलकारखानाको विकास गरी लगानीको क्षेत्रमा सरकार, निजी व्यवसायीका साथै स्थानीय जनसमुदायको हिस्सेदारी सुनिश्चित गरिनुपर्ने, आदिवासी जनजाति, खस आर्य, दलित, मधेशी, मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण संघीयताको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ ।

राज्यका सबै अंमा १ प्रतिशतभन्दा माथि जनसंख्या भएका जाति र समुदायको प्रतिनिधित्व हुनुपर्ने, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य र नेपाली मगर भाषाको आदिकवि रेखबहादुर सारुको जन्मस्थानलाई पर्यटनको गन्तव्य बनाउनुपर्ने, स्थानीय स्तरका प्रचलित कला, संस्कृतिलाई स्थानीय र प्रदेश तहमा संरक्षण, संवद्र्धन र प्रोत्साहन गर्नुपर्ने, गण्डकी प्रदेशलाई शैक्षिक ‘हव’का रुपमा विकास गर्नुपर्ने लगायतका माग घोषणापत्रमा समेटिएको छ ।

साथै उद्योग, कलकारखाना, अस्पताल र शैक्षिक संस्थालाई बन्द हडतालमुक्त क्षेत्र घोषणा गर्नुपर्ने, गण्डकी प्रदेशभित्र रहेका सम्पूर्ण धार्मिक र ऐतिहासिकस्थललाई समेटी पर्यटकीय मार्ग विकास गनुपर्नेलगायत घोषणापत्रमा उल्लेख गरिएको छ ।