गण्डकी प्रदेशमा फोरम फर हेल्थको समिति

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स गण्डकी प्रदेश समिति गठन भएको छ । बिहीबार भएको भेलाबाट अध्यक्षमा टंकप्रसाद अधिकारी, उपाध्यक्ष इन्दिरा बराल, सचिव चन्द्रकान्त पौडेल र कोषाध्यक्ष युवराज आचार्य निर्वाचित भए ।

समितिका सदस्यमा गीताकुमारी सापकोटा (काफ्ले), त्रिभुवन पराजुली, डा. अमर नागिला, श्रीप्रसाद शर्मा र अमर गुरुङ छन् । यो सिटिइभिटीबाट सम्बन्धन प्राप्त स्वास्थ्यसम्बन्धी शिक्षा दिने शिक्षालयहरुको छाता संगठन हो ।

प्रदेश समितिको सल्लाहकारमा राजीव पहारी, अशोक पालिखे, शंकर गौतम, लेखबहादुर गुरुङ र डा. जगत खड्का छन् । केन्द्रीय उपाध्यक्ष दिनेशबाबु खड्का तथा केन्द्रीय सल्लाहकार गण्डकीका प्रदेशसभा सदस्य राजीव पहारीको उपस्थितिमा समिति बनेको हो ।