ए मेरो हजुर २कै शैलीमा सलिनको ‘यात्रा’भिडियो सहित)

चकलेटी लुक्स , हेयर स्टाईल र डेब्यु फिल्म ए मेरो हजुर २ बाट दर्शकमाझ क्लिक भएका नायक सलिमान बनियाँको दोस्रो फिल्मका लागि दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

उनले केही समय अगाडी साईन गरेको फिल्म ‘यात्रा अ:  म्युजिकल भ्ल्ग’ लाई लिएर दर्शकहरु निकै उत्साहित छन् । यही फिल्मलाई लिएर सलिनले दर्शकहरुलाई धेरै कुराई सकेका छन् । सोही फिल्मको आज टिजर रिलिज गरिएको छ । टिजरमा यात्रा , प्रेम र द्धन्दको कथालाई देखाएको छ । टिजरमा सलिन रोमोण्टिक र एंग्री लुक्समा देखिएका छन् ।

टिजर हेर्दा झट्ट फिल्मले ए मेरो हजुर २ को याँद दिन्छ । फिल्मबाट नायिका मलिका महतले डेब्यु गर्देछिन् । फिल्ममा सलिन र मलिकाबीच सलोन बस्नेत भिलेनको रुपमा देखिएका छन् ।

निर्माता एवं कलाकार केशव भट्टराईको निर्माण बनेको यस फिल्ममा जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा सुशील पोखरेल निर्माता रहेका छन् भने सर्जुमान लिगल कार्यकारी निर्माता रहेका छन । फिल्मले आफनो रिलिज मिती चैत्र २९ मा तोकेको छ ।