बादल घिमिरेको‘मन चन्चल ‘’को म्यूजिक भिडियो सार्वजनिक

संगीतकार बादल घिमिरेले आफ्नो तेस्रो गीति एल्बम ‘पागलखाना‘ भित्रको पहिलो गीत ‘मन चन्चल ‘’को म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

चर्चित गायक प्रमोद खरेलको स्वर, शिशिर बुढाथोकीको शब्द, शाहश शाक्यको एरेन्ज गरेको गीतमा बादल घिमिरेको आफ्नै संगीत रहेको छ । केदार धितालको निर्देशनमा बनेको भिडियोमा कमल सिँह र प्रगति अधिकारीको अभिनयलाई अर्जुन तिवारीले खिचेका हुन् ।

नेपाली सुगम संगीतमा पछिल्लो समय गीत लेखन र संगीत कर्ममा ब्यस्त रहँदै आएका बादल घिमिरेको यो भन्दा अघि ‘बादल‘ र ‘पानी पानी‘ एल्बम सार्वजनिक भइसकेको छ ।