मानव सेवा आश्रमलाई नीलगिरीको सहयोग

पोखरा १७ विरौटामा रहेको नीलगिरी बचत तथा ऋण सहकारीले स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई नगद सहयोग गरेको छ ।बुधबार पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा गई सहकारीका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेल, पूर्व अध्यक्ष कालिदास पौडेल र अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा ३० हजार ३ सय ३३ रुपैयाँको चेक आश्रमका अभियान्ता राजन सापकोटालाई हस्तान्तरण गरे ।

सहकारीका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेलले संस्थाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत गरेका सामाजिक कार्यको बारेमा जानकारी दिएका थिए ।आश्रमका अभियान्ता राजन सापकोटाले लक्ष्मीनाराणको सेवामा अगाडि बढ्ने सहयोगी हातलाई सदैव स्वागत गरिने वताएका थिए ।

कार्यक्रममा आश्रममा रहेका लक्ष्मीनाराणहरुका साथै सहकारीका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्य र कर्मचारीको उपस्थिति थियो ।सहकारीका अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रविप्रसाद बरालले पनि बोलेका थिए ।