विष ख्वाउने र मरणासम्म बनाउने प्रेमी

प्रेम अन्धो हुन्छ भनेर यसै भनिएको होईन । प्रेममा मर्नेदेखि मार्नेसम्मको घृणित कामहरु भईरहेको देखिँदै आएको छ । यसैबीच इलाममा एक युवाले आफनो प्रेमिकालाई बिष खुवाएर मार्ने प्रयास असफल भएपछि निर्घात कुटपिट गरेका छन् ।

इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका ३३ वर्षीय सागर सुवेदीले विष खान नमानेको भन्दै प्रेमिकामाथि कुटपिट गरेका हुन् । सुवेदीको कुटाईबाट प्रेमिका गम्भिर घाईते भएकीछिन् ।

सुवेदीले ती युवतीलाई भगाएर जंगलमा लगेर विष खुवाउन खोजेका थिए तर प्रेमिकाले बिष खान नमानेपछि निर्घात कुटेर जंगलमा नै मरेको भनी छाडेर भागेका थिए । युवतीको जिल्ला अस्पतालमा उपचार असम्भव भएपछि उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल लगिएकोजिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले बताए । प्रहरीले यतिबेला सुवेदीलाई प्रक्राउ गरिसकेको छ भने थप अनुसन्धान अगाडी बढाईएको छ ।