शुक्रराज माविको स्वर्ण महोत्सव

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नेपालको शिक्षा क्षेत्र लथालिङ अवस्थामा रहेको बताएकाछन् । पोखरा पुम्दीभुम्दी स्थित शुुक्रराज माविको स्वर्ण महोत्सव सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले देशमा सबै भन्दा धेरै लगानी भएको शिक्षा क्षेत्र नैसबैभन्दा बढी लथालिङरहेको औंल्याए ।

उनले गुणस्तरीय, प्राविधिक र सीपमूलक शिक्षा प्रणाली बिनाको हाल देशमा भएको शिक्षा प्रणालीले सटिर्पिmकेट हातमा भएरमात्र युवा आत्मनिर्भर बन्न नसक्ने उनले बताए । विद्यार्थी आत्मनिर्भर बन्न नसक्दा दक्षजनशिक्त बाहिरिने र दक्षजनशक्ति बाहिरबाट आयात गर्दा अबौं रुपैयाँ बाहिरिने समस्या रहेको मुख्यमन्त्रीको भनाइ थियो ।

देशमा हाल रहेको २ प्रकारको शिक्षा नीति परिवर्तन नभएसम्म प्रदेशसहित देशको आर्थिक विकास हुन नसक्ने उनले बताए । उनले भने, ‘कुनै सामुदायिक विद्यालयमा ४ विद्यार्थी ६ जना शिक्षक पनि छन् । अब यस्ता विद्यालयलाई मर्ज गरी आवासीय सुविधा सहितको शिक्षा दिनुपर्छ ।’

निजी क्षेत्रका शिक्षालयलाई अब विस्तारै ट्रस्ट हुँदै सामुदायिक शिक्षा प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए । यस वर्ष नेपालबाट गुणस्तरीय शिक्षा हासिल गर्नका लागि १२ अर्ब विदेशिनु नेपालका लागि काहालीलाग्दो भएको उनको भनाइ छ । अस्ट्रेलियाले शिक्षाबाट आफ्नो कुल ग्राहस्त उत्पादनको तेस्रो स्थान लिंदा नेपालबाट अध्ययन गर्न जाने मुलुकमध्ये तेस्रो नेपाल पर्ने मुख्य मन्त्री गुरुङले बताए ।

समयको माग अनुसार, प्राविधिक तथा सीपमूलक शिक्षा हासिल गर्न दक्षिण एसियाकै उत्कृष्ट मध्यको एक हुने गरी अर्बै खर्च लाग्ने उक्त प्रोजेक्ट केही वर्ष ढिला भए पनि स्थापना गरेरै छाड्ने उनको दाबी छ ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा देखिएको चुनौतीलाई सामान गर्न राज्यले थप लगानी गर्नुपर्ने बताए ।

उक्त अवसरमा विद्यालयका संस्थापक खेमराज पौडेल, एकराज बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद रामजी बराल, पूर्व अध्यक्ष दुर्गाबहादुर गुरुङ, केशव पौडेल, हिमलाल बराल, शुक्रराज बराल, नीर्मला गुरुङ, विद्यालयका प्रध्यानाध्यापक नरनाथ बराल लगायतसम्मानित भएकाछन् । गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले सम्मानपत्र र दोसला ओढाएर उनीहरुलाई सम्मान गरेका हुन् ।

पोखराका उद्योगपति चन्द्रकान्त बरालले विद्यालयमा सहिद शुक्रराज शास्त्रीको अर्धकदको शालिक निर्माण गरेकोमा उनलाई समेत सम्मान गरिएको छ । सालिक मुख्यमन्त्री गुरुङले अनावरण गरे । विद्यालयमा मुल गेट समेत निर्माण गरिएको छ ।

विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म अग्रेंजी माध्यमबाट अध्ययन हुने गरेको
छ । प्लस टुमा व्यवस्थापन र शिक्षा संकाय पढाइ हुन्छ भने विद्यालयमा हाल प्राविधिक शिक्षा अन्र्तगत पशु विज्ञान भेटेरिनरी कोर्ष पनि पढाइन्छ । स्वर्ण महोत्सव गर्न करिब २० लाख खर्च भएको छ । विद्यालयको स्वर्ण महोत्सव सफल पार्न विदेशी तथा स्वदेशीबाट रकम संकलन भएको प्राचार्य नरनाथ बरालले बताए ।

समारोहमा विद्यालयको स्मारिकासमेत लोकार्पण गरिएको छ ।स्वर्ण महोत्सव माघ १६ गतेसम्म चल्ने शिक्षक चन्द्रप्रसाद पौडेलले बताए ।