उपल्लो मुस्ताङका घुम्ती बिद्यालयलाई जग्गा चाहियो

हिमालपारीको जिल्ला मुस्ताङको प्रदेश ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जिल्लाका घुम्ती बिद्यालयलाई जग्गा उपलब्ध गराईदिन माग गरेका छन्् ।

सोमबार प्रदेश सदनको सुन्य समयमा बोल्दै बिष्टले हिमालपारीबाट घुम्ती बिद्यालयका बिद्यालय आर्थिक समस्यामा परेको उल्लेख गदै पोखरा आसपास मर्ज भएका बिद्यालय वा कम्तीमा १० रोपनी जग्गा आवश्यकता परेको उल्लेख गदै प्रदेश सरकारलाई ध्यान आर्कषण गराएका हुन्् ।


उनले हिउदयामको मौसममा अत्यधिक चिसो हुने,हिमपात पर्ने भएकाले उपल्लो मुस्ताङका स्थानीय बिभिन्न व्यापार व्यवसायमा बेशी झर्ने भएकाले हिउदयाममा ५ महिना बिद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गदै बिष्टले २०६२ साल देखि त्यहाका बालवालिकाको शैक्षिक अवस्थालाई ध्यानमा राख्दै घुम्ती कक्षा सुरु भएको स्पष्ट पारे ।


लोमान्थाङ,लोघेकर र वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका २० बिद्यालयका ४ सय ५० बिद्यार्थी घुम्ती कक्षाका लागि पोखरा झरेको सुनाए ।स्थानीयतहको सिमित खर्चका कारण घुम्ती कक्षा संञ्चालन गर्न कठिन परेकाले आवास भवनका लागि जग्गाको आवश्यक परेको खुलाए ।