‘डन ३’ को सुटिङ दुबईमा हुने

कुनै समय बक्सअफिस किंगको रुपमा चिनिएका सारुख खान आमिर र सलमान खान बक्सअफिसमा चम्किएपछि उनी केही ओझेलमा परेका छन् ।

उनको लगातार ३ वटा फिल्महरु रईस , ह्यारी मेट सेजल र जिरो पनि फ्लप भएपछि उनको स्टाडम नै धरापमा परेको छ । यसबाट सारुखलाई पनि निकै ठुलो धक्का लागेको छ । बढ्दो प्रतिष्पर्धाका कारण सारुख अब आफनो नयाँ प्रोजेक्टमा कुनै सम्झौता गर्न चाहादैनन् । त्यसैले उनी एक्सन फिल्मका लागि कसरत गरिरहेका छन् त्यो फिल्म हो डन को सिक्वेल ।

उनी यतिबेला डन ३ को तयारीमा जुटिरहेका छन् । उनको करियरमा फेरी प्राण थप्ने काम डन ३ ले गर्न सक्ने भएका उनले आमिरले प्रस्ताव गरेको फिल्म सारे जहाँ से अच्छा फिल्मसमेत छोडिसकेका छन् । डनको कुरा गर्दा डन र डन २ को सफलताले सारुखको करियरमा ठुलो योगदान दिएको थियो त्यसैले फेरी पनि सारुख डन ३ को साहारा लिएर आफनो एक्सन पावर देखाउँन चाहान्छन् । फरहान अख्तरले निर्माण गर्दे आईरहेको यस फिल्मको सुटिङ भने आइपिएल सकिएपछि आवुधाबीमा हुने भएको छ । साथै दुबई र रसल खेमामा पनि फिल्मको सुटिङ हुने छ ।

मेईबाट सुटिङ हुने यस फिल्मको यतिबेला स्क्रिप्टमा काम चलिरहेको छ । खाडीमा फिल्मको सुटिङ गर्नुको कारण भने सलमान खानको फिल्म टाइगर जिन्दा है र रेस ३ का लागि सरकारी तवरबाट निकै सुविधा मिलेको थियो । जहाँ सेनाको तर्फबाट सुटिङका लागि हेलिकप्टर र तोप उपलब्ध गराएको कारण सारुखको फिल्म पनि सोही सुविधा पाउँनको लागि खाडीमा सुटिङ गर्ने भएका हुन् ।

जसको लागि डन ३ का निर्माता निर्देशकले दुबई सरकारलाई अपिलसमेत गरिसकेका छन् । डन र डन २ नायक एवं निर्माता , निर्देशक फरहान अख्तरले नै निर्देशन गरेको कारण डन ३ पनि उनले नै गर्ने सम्भावना छ । जहाँसम्म नायिकाको चर्चा छ यसमा पनि प्रियंका चोपडाको नाम चर्चामा रहेको छ ।