गुप्तेश्वर क्याम्पस १२ वर्षमा

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव मनाएको छ । अभिवावक दिवससमेत मनाएको क्याम्पस सभामा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले क्याम्पसले दिने शिक्षा व्यवहारिक तथा सामाजिक भावनामा केन्द्रित हुनुपर्ने बताइन् ।

कार्यक्रममा छोरेपाटनका स्थानीय आमा समूहलाई क्याम्पसको शैक्षिक विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको कोषाध्यक्ष यदुप्रसाद कँडेलले जानकारी दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा भूपति ढकाल ‘कमल’को अध्क्ष्यतामा भएको कार्यक्रमा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, क्याम्पसका संस्थापक तथा पूर्व अध्यक्ष खगराज शर्मा आचार्य, तिलकप्रसाद आचार्य, गुप्तेश्वर वेद विज्ञान पाठशालाका विजयराज आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री, सहायक क्याम्पस प्रमुख लेखनाथ बराल, क्याम्पस प्रमुख धर्मराज बराल, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष्य डा. टंकराज अधिकारी गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल, छोरेपाटन माविका अध्यक्ष झपीन्द्रराज रेग्मी, पब्लिक क्याम्पस संघ कास्कीका ऋषि बुढाथोकी, इश्वरी लम्साल, विद्यार्थी रामबहादुर घले लगायतले क्याम्पसका गतिविधिबारे बोलेका थिए ।