निर्मात्री बन्दै प्रियंका कार्की

नेपाली सिने क्षेत्रमा एक सफल अभिनेत्रीको रुपमा आफुलाई स्थापित गराइसकेकी अभिनेत्री प्रियंका कार्कीले अब चलचित्र निर्माण गर्ने भएकी छिन् ।

उनले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने भएका छन् भने चलचित्रको कथा समेत निर्देशक साम्तेनले नै लेख्दै छन् । यसअघि पनि निर्देशक साम्तेन भुटियासँग प्रियंकाले चलचित्र ‘अनागत’मा काम गरेकी थिइन् । 

यतिबेला उक्त चलचित्रको कथाको काम भइरहेको छ । काम सक्किएपछि चलचित्रका लागि पात्रको खोजी हुने बताइर्एको छ । चलचित्रमा अरु कसैलाई राख्ने की आफू स्वयंमले अभिनय गर्ने भन्ने कुरा कथा लेखनपछि मात्र टुंगो लाग्ने प्रियंकाले बताएकी छिन् । 

 एक सफल अभिनेत्री प्रियंका भने निर्मात्रीको रुपमा कति सफल हुन्छिन्, त्यो उनले निर्माण गरिरहेको चलचित्रले  समय आएपछि बताउँनेछ । प्रियंका अघि रेखा थापा, स्वेता खड्का, निशा अधिकारी, करिष्मा मानन्धर, रिचा शर्मा, शिल्पा पोखरेल, केकी अधिकारी, पूजा शर्मालगायत पनि अभिनेत्री हुँदै निर्माता बनेका हुन् ।

नेपाली चलचित्र नगरीमा पछिल्लो समय भने प्रियंका कार्कीको क्रेज घट्दै गएको पाइएको छ। कतिपयले नायिका उनको माग कम हुँदै गएपछि उनी चलचित्र निर्माणतिर लागेको बताएका छन् ।प्रियंकाले अभिनय गरेका धेरै चलचित्रहरुलाई दर्शकले धेरै रुचाएका छन् ।

उनी अभिनित चलचित्र ‘अनागत’ आउँदो माघ ११ गते सार्वजनिक प्रर्दशनमा आउँदैछ । ट्रलेर रहस्यमय भएका कारण दर्शककालागि चलचित्रप्रति थप चासो भएको पाईएको छ । ‘अनागत’ धेरै दर्शकले रुचाउने अनुमान गर्न सकिन्छ ।