‘परदेशी २’ बन्दै

नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय सिक्वेल फिल्म बन्ने क्रम निकै बढ्दो छ ।

तर बनेका सिक्वेलहरुले कमै मात्र दर्शकहरुको मन जितेको छ त्यसमा नाई नभन्नू ल र छक्का पञ्जामात्र दर्शकहरुलाई सन्तुष्ट दिन सकिरहेका छन् ।

यसबीचमा वि.स २०७२ सालमा रिलिज भएको फिल्म परदेशीको पनि सिक्वेल बन्ने भएको छ । चर्चित संगितकार एवं निर्देशक नारायण रायमाझीले परदेशी २ बनाउँने घोषणा गरेका हुन् । ब्लकबस्टर बनेको परदेशी फिल्मको गीत , कथा दर्शकहरुले निकै रुचाएका थिए ।

हाल परदेशी २ का लागि कथामा काम भईरहेको छ ।फिल्मका लागि कलाकार छनौट भईसकेका छैनन् । परदेशीमा भारतीय गायक प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको थियो तर सिक्वेलमा भने यी दुई हुने नहुने बारेमा कुनै निर्णय भईसकेको छैन । तर उनले फिल्मको बारेमा प्रशान्तसंग कुरा भने भएको  निर्देशक बताउँछन् । प्रशान्त यतिबेला सांगेतिक र पर्दाबाट पनि अलिक टाढै भएका छन् ।

फागुनबाट फ्लोरमा जाने तयारी गरिरहेको परदेशी २ आगामी दशैँमा रिलिज हुनेछ । परदेशीमा बैदेशिक रोजगारीमा गएका युवकको कथा समाबेश गरिएको थियो जसलेदर्शकहरुलाई पनि निकै रुवाएको थियो । दर्शकहरुको अथाह माया पाएको यो फिल्मले ७ करोड कलेक्सन गरेको थियो । अब हेरौँ परदेशी २ मा भने प्रशान्त रहन्छन् वा रहँदैनन् । त्यसैमाथि यदि दशैँमा रिलिज भए सो समय २ वटाले यसअघि नै रिलिज कन्र्फम गरिसकेको छ ।