स्याङ्जाली सम्पर्क सदनमा लीला

स्याङ्जाली सम्पर्क सदन पोखरामा नयाँ नेतृत्व चयन भएको छ । सदनको २५ औं साधारणसभा तथा १२ औं अधिवशेसनले लीलानाथ पंगेनीको अध्यक्षतामा नयाँ समिति चुनेको हो ।

समितिको निवर्तमान अध्यक्षमा चीरञ्जीवी पोखरेल, प्रथम उपाध्यक्ष लालीमाया रेग्मी, द्धितीय उपाध्यक्ष तारा गौतम सुनार र तृतीय उपाध्यक्ष डोलराज पोखरेल छन् । समितिको महासचिवमा धर्मराज अर्याल र सचिवमा गोबिन्द काफ्ले, कोषाध्यक्ष विष्णुमाया गुरुङ र सदस्यहरुमा किशोरकुमार पौडेल, शिवबहादुर थापा, धर्मदत्त तिम्सिना, विष्णुप्रसाद पोखरेल, दिनदयाल पाण्डे, रुक्मांगत भण्डारी विश्वास, कृष्णप्रसाद पोखरेल र टंकप्रसाद चापागाईं छन् ।

सोही समारोहमा आँधीको सुसेली अंक ८ पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा.ल गिरिधारी शर्मा, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापा, डा राजेन्द्र चापागाईं आहत लगायतले बोलेका थिए ।