पोखरामा पृथ्वीनारायणको सम्झना

विश्व हिन्दु महासंघ नेपाल कास्कीको अगुवाइमा राजनीतिक दल, धार्मिक तथा जातीय संघ संस्थाले शुक्रबार २ सय ९७ आंै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छन् ।

मुल समारोह समिति कास्कीको आयोजनामा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की, नेपाली कांग्रेस विपी, ठकुरी संगम परिवार कास्की लगायत टोल विकास संस्था, भजन समूह सहभागी थिए ।

चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्युरोड, सभागृहचोक हँुदै पृथ्वीचोकमा पुगी समापन भएको थियो । कार्यक्रममा इतिहासविद् प्राडा दिलबहादुर क्षेत्रीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान नगरे मुलुकको प्रगति नहुने दाबी गरे । ‘अग्रजको सम्मान र इतिहासलाई जोगाउन नसके कोही कसैका भविष्य सुनिश्चित हुँदैन,’ क्षेत्रीले भने, ‘राष्ट्र निर्माता र नेपालीहरुको एकताका सुत्रधार पृथ्वीनारायणको कारण नेपाल र नेपालीले गौरव गर्ने अवसर पाएका छौं ।’

लोकतन्त्रको बहाली र गणतन्त्रको स्थापना भएपछि पृथ्वी जयन्ती मनाउन छोडेकोमा आपत्ति प्रकट गर्दै क्षेत्रीले राष्ट्रिय एकता दिवस घोषणा गरी मनाउन संघीय तथा गण्डकी प्रदेश सरकारसँग माग गरे । पृथ्वीनारायण शाहको सालिक फाल्नेले नेपालीसँग माफी मागेर नपुग्ने उल्लेख गर्दै डा क्षेत्रीले भविष्यमा पछुताउनुपर्ने दाबी गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सुर्यबहादुर केसीले पृथ्वीनारायण शाहले राष्ट्रियता, अखण्डता र स्वाधीनताको रक्षा गरेको बताए । नेपाल र नेपालीको लागि धर्म र संस्कृति रक्षा कवज भएको उल्लेख गर्दै सांसद केसीले सनातन हिन्दु राष्ट्र देशको गहना र पहिचान भएको धारणा राखे । सनातन हिन्दु राष्ट्रको पक्षमा नेपाली कांग्रेसले हस्ताक्षर अभियान सुरुआत गरेको जानकारी दिँदै महासमितिका ५० प्रतिशतभन्दा बढीले हस्ताक्षर गरेको उनले बताए ।

विश्व हिन्दु महांसघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले राष्ट्र निर्मातालाई सम्मान नगर्ने जो कोही आफँै समाप्त भएर जाने दाबी गरे । पूर्व सांसद शंकर पाण्डेले पृथ्वीनारायण शाहलाई सम्मान गर्दा लखन थापा र कालु पाँडेको सम्मान हुने दाबी गरे । उनले सनातन हिन्दु राष्ट्र नेपालीको एकताको सुत्रधार र राष्ट्रिय गौरव भएको उल्लेख गरे ।

कार्यक्रममा पूर्व सांसद कृष्णकुमारी परियार, राष्ट्रिय प्रजातन्त्र पाटी गण्डकीका अध्यक्ष हेमजंग गुरुङ, कास्कीका अध्यक्ष महेन्द्रबहादुर कार्की, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल, महासंघका महिला समितिका संयोजक पार्वती पौडेल, विश्व हिन्दु महासंघ अन्तर्राषर््िट्रय युवा समितिका अध्यक्ष सागर थापा लगायतले बोलेका थिए ।