बलिवुडमा सन् २०१८ मा ठुला बजेटका फिल्म फ्लप रहे भने साना बजेटका फिल्मले बक्स अफिसमा आफ्नो राम्रो प्रभाव देखाए ।
सलमान खान, शाहरुख खान र आमिर खानका फिल्म बक्स अफिसमा असफल हुदै गर्दै राजकुमार राव, टाइगर सराफ, आयुष्मान खुराना, कार्तिक आर्यनका फिल्मले बक्स अफिसमा सफल हासिल गरे ।
यसैबीच सन् २०१९ मा केहि ठुलो फिल्म जसको अहिले देखि नै विशेष चर्चा चलिरहेको छ । २०१९ मा सलमान खानको भारत, ऋतिक रोशनको सुपर ३०, रणबीर कपुर, अमिताभ बच्चनको कलंक, अक्षयकुमारको केसरी, कंगना रनावतको मणिकर्निका लगायतका फिल्मको विशेष चर्चा रहेको पाइन्छ ।
जनवरी २५ मै अर्का अभिनेता ऋतिक रोशनको फिल्म सुपर ३० पनि रिलिज हुन् लागेकाले ऋतिक र कंगनाको टक्करलाई अझ विशेष रुपमा हेरिएको छ ।
सन् २०१९ को जनवरी २५ मा कंगना रनावतको मणिकर्णिका रिलिज हुदै छ। बर्षको पहिलो महिनामा नै रिलिज हुन लागेको यो ठुलो बजेटको फिल्म भएकोले ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएकी कंगनाले यस फिल्मलाई निर्देशन समेत गरेकी छन् ।
अनेकौ विवादका बीच फिल्मको रिलिज जनवरीमा हुन लागेको छ ।
त्यस्तै अक्षयकुमारको फिल्म केसरी मार्च २१ मा रिलिज हुने भएको छ । सारागढ़ीको लडाईका विषयमा आधारित फिल्म केसरी १८९७ को सेम्टेम्बर १२ मा सरागढ़ीमा भएको लडाईमा आधारित यस फिल्म हवल्दार इशार सिंहको नेतृत्वमा दश हजार अफगानी सेनासँग लडेको कथामा फिल्म बनेको छ। यस फिल्मलाई पनि २०१९ को ठुलो फिल्मको रुपमा हेरिएको छ।
त्यस्तै सलमान खानको फिल्म भारतको पनि अहिले देखि नै विशेष चर्चा चलिरहेको छ। हालसम्म ८० प्रतिशत शुटिंग सकिएको यस फिल्मको रिलिज मिति भने अझै सार्वजनिक गरिएको छैन।
फिल्ममा सलमानसँग कट्रिना कैफ र दिशा पटानीको मुख्य भूमिका रहेको छ । फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।
त्यस्तै २०१९ को बहुप्रतिक्षीत फिल्म कलंक समेत हो। यस फिल्ममा रणबीर कपुर, अलिया भट्ट, अमिताभ बच्चन, माधुरी दिक्षित, अदित्य राय कपुरको अभिनय रहेको छ । अभिषेक बर्माले निर्देशन गरेको यो फिल्मलाई करण जोहरले निर्माण गरेका हुन्। फिल्म अप्रिल १९ मा रिलिज हुदै छ।