संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि नै बन्ने बताएका छन् । जनकल्याण क्लवद्धारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेस्रो काहुँ धरहरा महोत्सव उद्घाटन गर्दै उनले विमानस्थल निर्माण कार्य तीव्र गतिमा भएको कारण सन २०२१ को सुरुदेखि नै सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।
११ महिनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरी कुल २२ लाख पर्यटक नेपाल आएको तथ्यांक उल्लेख गर्दै उनले मुलुकले सन २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाख भन्दा बढी पर्यटक भित्र्याउने आधार तयार भएको बताए ।
वर्तमान सरकार आर्थिक विकास र समृद्धिका लागि कृयाशिल रहेको बताउँदै मन्त्री अधिकारीले स्थानीय, प्रदेश र संघीय सरकार जनताको सेवामा समर्पित रहेको उल्लेख गरे ।
गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले पर्यटन प्रवद्र्धन प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पर्यटनको विकास जनताको समृद्धिसंग जोडिने विश्वास व्यक्त गरे ।
अर्का प्रदेश सभा सदस्य विन्दु थापाले होमस्टेको माध्येमबाट सहर केन्द्रीत पर्यटकलाई ग्रामीण क्षेत्रमा विस्तार गरि आर्थिक समृद्धिको आधार निर्माण गर्नुपर्ने बताए ।
“काहुँ दृष्यावलोक एक गन्तव्य” भन्ने मूल नारासहित आयोजित महोत्सव मङसिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थापन समितिका संयोजक दीपकप्रसाद आचार्यले जानकारी दिए ।
काहुँ धरहराबाट पोखराको अधिकांस बजारसहित कुमारी हिमाल माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृखला, धवलागिरी लगायतका हिमालको दृष्यावलोकन गर्न सकिने सो स्थानसम्म पुग्नका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ ।
जनकल्याण क्लव आयोजक, पूmलबारी क्लब सहआयोजक, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा एनएमवि बैक मुख्य प्रायोजक रहेको महोत्सवमा बिभिन्न प्रकारका ४० भन्दा बढी छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जनकल्याण क्लबका अध्यक्ष देव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला, राजेन्द्र आचार्य लगायतले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
र्प्दश सभा सदस्य विन्दु थापाले होमस्टेको माध्येमबाट सहर केन्द्रीत पर्यटकलाई ग्रामीण क्षेत्रमा विस्तार गरि आर्थिक समृद्धिको आधार निर्माण गर्नुपर्ने बताए ।
काहुँ दृष्यावलोक एक गन्तव्य” भन्ने मूल नारासहित आयोजित महोत्सव मङसिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थापन समितिका संयोजक दीपकप्रसाद आचार्यले जानकारी दिए ।