हवाई यात्रुको बीमा रकम छ गुणा बढ्ने

नेपालकोहवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ शनिबारदेखि मन्ट्रियलमहासन्धि लागू हुने भएको छ । 

योमहासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमारकममा करीब छ गुणाले वृद्धि हुनेछ । हवाईउड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्नेलक्ष्यका साथ महासन्धि लागू गर्न लागिएको हो । 

महासन्धिअनुसारहवाई यात्रुले बीमाबापत रु एक करोड २४ लाख ४१ हजार प्राप्त गर्ने छ । साविकमा हवाईयात्रुले रु २० लाख अर्थात् २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका थिए । हवाईयात्रुको बीमामा उल्लेख्य वृद्धि गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनमहासन्धि लागू गरिएको संस्कृति, पर्यटनतथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

गतअसोज ३० गते सङ्घीय संसद्ले मन्ट्रियल महासन्धि अनुमोदन गरेको थियो । मन्ट्रियलमहासन्धि लागू गर्नेबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज आयोजनागरेको पत्रकार सम्मेलनमा सहसचिव लामिछानेले पुरानो वार्सा महासन्धि यात्रुमैत्रीनभएपछि मन्ट्रियल महासन्धि लागू गरिएको हो । विश्वको १३५ मुलुकले यो महासन्धि लागूगरिसकेको छ । 

अन्तर्राष्ट्रियहवाई यात्रामा यात्रुको सुरक्षा सुनिश्चित गर्नु महासन्धिको मुख्य उद्देश्य भएकोसहसचिव लामिछानेले बताउनुभयो । सो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाईअव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट, कार्गोकोढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी वा क्षतिको उचितक्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्नेछ । 

हवाईजोखिमबाट यात्रीलाई सुरक्षित बनाउँदै विश्वसनीयता वृद्धि गर्ने प्रयोजनका लागिअन्तर्राष्ट्रिय हवाई उड्डयनबाहेकका दायित्वलाई अझ बढी विश्वसनीय बनाउन खोजिएकोपर्यटन मन्त्रालयको भनाइ छ । सो महासन्धिको पक्ष राष्ट्र हुँदा नेपाललाई थप आर्थिकदायित्व बहन गर्नु नपर्ने, नेपालमाउडान गर्ने पर्यटक तथा यात्रुको मनोबल उच्च हुने, हवाईउडानबाहेकका दायित्वलाई सुनिश्चित गर्दै बढी क्षतिपूर्ति पाउने हुन्छ । यस्तैअग्रिम क्षतिपूर्ति भुक्तानी र दाबी गर्ने अधिकार क्षेत्रको छनोटजस्तायात्रुमैत्री प्रावधानसमेत महासन्धिमा समेटिएको छ । 

हवाईयात्रुको बीमा रकम अन्तर्राष्ट्रिय मापदण्ड बराबर बनाउन सन् १९९९ देखि नै मन्ट्रियलमहासन्धि कार्यान्वयनमा आएको थियो । महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुकोबीमा रकमसमेत बढ्न सकेको थिएन । झण्डै १० वर्षको प्रयासपछि नेपालमा महासन्धि लागूभएको हो । 

महासन्धिअनुसारकार्गोको नोक्सानी, क्षतिवा विलम्ब भएमा प्रतिकिलो रु दुई हजार ९० क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तैब्यागेजको नोक्सानी वा क्षति भएमा रु एक लाख २४ हजार ४१० क्षतिपूर्ति तिर्नुपर्नेछ। यात्रुको यात्रा विलम्ब भएमा रु पाँच लाख १६ हजार ३४० क्षतिपूर्ति दिनुपर्नेव्यवस्था महासन्धिले गरेको छ । 

नेपाललेहालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेगप्रोटोकल’ लाई कार्यान्वयन गर्दै आएको थियो । सन् १९२९ देखिकार्यान्वयनमा आएको वार्सा अभिसन्धिअनुसार हवाई यात्रुको बीमा मात्रै २० हजारअमेरिकी डलर बराबरको बीमा हुँदै आएको थियो ।

दक्षिण एशियामा भारत र श्रीलङ्कालेयसअघि नै अनुमोदन गरेका थिए । ती देशले महासन्धि अनुमोदन गरी लागू गरेका कारण बीमारकमसमेत बढिसकेको छ । 

महासन्धिकार्यान्वय भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमायल एयरलाइन्स र बुद्ध एयरलाइन्सलाई अन्तर्राष्ट्रियउडानका लागि थप सहज हुनेछ ।