तल्लो मुस्ताङमा फाईबर नेट

ओझेलमा पर्दै आईरहेको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका घमी र चराङमा २ जी रेडियो लिंक मोवाईल सेवा बिस्तार हुदैछ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा बिस्तार भएको यो सेवा लोघेकर दामोदरकुण्ड गाउपालिकामा बिस्तार गर्न लागिएको हो ।


संञ्चार सम्पर्क प्रभावकारी नभएको उपल्लो मुस्ताङमा रेडियो लिंक बिस्तारपछि यहाँका ११ वटै गाउमा संञ्चार सम्पर्कको पहुच स्थापित हुने नेपाल दुरसंञ्चार जोमसोमका कार्यालयका प्रतिनिधि महेन्द्र गुरुङले जानकारी दिए ।उनले रेडियो लिंकपछि सूचना आदान–प्रदान तथा ईन्टरनेट सुविधाका लागि करिव ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताए ।


यसअघि सेटलाईट प्रविधिको माध्यमबाट नेपाल टेलिकम जोमसोमले ३ वर्षअघि संञ्चारसेवा संञ्चालनमा ल्याएको हो ।तर,यस प्रविधिले बेलाबेलामा ब्याट्रीमा समस्या आउने,फोन तातिने ,टावर नियमित नहुने र बिद्युत हाफ लाईन हुने आदी कारणले संञ्चार सम्पर्क शहज हुन सकेको थिएन । स्याङ्वोचे र चराङका केही क्षेत्र बाहेक अन्य गाउहरुमा फोन टावरमा समस्या आउदा यहाँका स्थानीय तथा पर्यटकले सेवा प्राप्त गर्न सकेका थिएनन् ।

नेपाल टेलिकमले रेडियो लिंक संञ्चालनमा ल्याउदै गर्दा गाउपालिकाकाका सबै गाउहरुमा संञ्चार संम्पर्क फराकिलो हुने लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु) को भनाई छ ।‘रेडियो लिंक जडानले साविक भन्दा अहिले संञ्चार सम्पर्क राम्रो हुने अपेक्षा गरेका छौं ।ढाक्मर र चराङमा समस्या आउने बुझिएको छ ।यसले समस्या नसुल्झिए थप लिंक जोड्ने आश्वसान भएको छ’उनले भने ।


उपल्लो मुस्ताङको लोमान्थाङमा केही वर्षअघि रेडियो लिंक संञ्चालनमा हो । सीमावर्ती क्षेत्रका गाउ छोसेर र छोनुप आदी स्थानमा संञ्चार सुविधाको पहुच सुदृढ हुने सकेको छैन ।पछिल्लो समय मुस्ताङमा धेरै आन्तरिक तथा बाह्य पर्यटकको फलो बढिरहेको छ ।जसमध्ये एक चौथाई पर्यटक उपल्लो मुस्ताङको भ्रमणमा कोरलानाका सम्म पुग्छन् ।यस समस्यालाई मध्यनजर गर्दे निकट भबिष्यमै छोसेरमा पनि रेडियो लिंक संञ्चालनमा ल्याउने नेपाल टेलिकम जोमसोम कार्यालयले जनाएको छ ।


यस्तै नेपाल टेलिकमले म्याग्दीको बेनी देखि जोमसोम हुँदै मुक्तिनाथ सम्म द्रुत गतिको अप्ठिकल फाईबर नेट संञ्चालन गर्ने तयारीमा रहेको जनाईएको छ ।कार्यालयले आगामी आर्थिक वर्ष देखि फाईबर नेट संञ्चालन गर्ने तैयारीका साथ ओयरिङ लगायतका प्राविधिक कामहरु संम्पन्न भएको नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख हुमबहादुर भुजेलले जानकारी दिए ।

‘तल्लो मुस्ताङमा अप्ठिकल फाईबरको प्राविधिक काम सम्पन्न भयो ,छिट्टै यो सेवा संञ्चालनमा ल्याउने तैयारी भईरहेको छ ,’कार्यालय प्रमूख भूजेलले भने,‘उपल्लो मुस्ताङमा फाईबर नेट बिस्तारका लागि मंसिरमा सर्बे भईसकेको छ,मुस्ताङ जिल्लाका पुरै गाउहरुमा फाईबर नेट बिस्तार गर्ने टेलिकमको योजना छ ।’