सरकार भारतको गुलामीमा लाग्यो : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकारले भारतको गुलामी गर्न लागेको आरोप लगाएका छन् । केसीले राष्ट्रियता संरक्षणका लागि फेरि अर्को राजनीतिक आन्दोलन आवश्यक भएको बताए ।


उनले भने, ‘२ तिहाइको सरकारले भारतको गुलामीका लागि अरुण तेस्रो सुम्पेको छ । सरकार विदेशीकै इसारामै चलिरहेको छ ।’

राष्ट्रिय जनमोर्चा बागलुङको छैटौं जिल्ला सम्मेलनमा केसीले जनताको गास, बास, कपास जस्ता आधारभूत समस्यालाई हल गर्नुको सट्टा भ्रष्टाचारी, माफिया र विदेशीको चंगुलमा सरकार फसेको आरोप लगाए । संघीयताले घर विखण्डनको दिशा दिन गएको दाबी गरे ।

करको भारी बोकाएर बनाइको संघीयता धेरै नटिक्ने उनले बताए । केसीले बलात्कारीलाई ५ महिनासम्म पक्राउ गर्न नसक्नु सरकारको नालायकी पन भएको बताए ।