गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा सेनेटरी प्याड युक्त क्याम्पसका रुपमा घोषणा भएको छ।लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको सन्दर्भ पारेर उक्त घोषणा गरिएको हो । क्याम्पसमा ३ अगाडिदेखि पुरानो भवनमा सेनेटरी प्याड ब्यवस्थापन गरिए तापनि नयाँ भवनमा बुधबार घोषणा गरिएको हो ।
कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले वडा भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुमा चाडै नै सेनेटरी प्याड युक्त शैक्षिक संस्थाका रुपमा घोषणा गरिने प्रतिवद्दता जनाउनु भयो ।त्यसै कार्यपालिका तथा वडा सदस्य राधिका शाहीले क्याम्पसले प्रशंसनीय कार्य गरेको भन्दै वडावाट समेत सहयोग गर्नेमा जोड दिनुभयो ।
सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडेलले सेनेटरी प्याडको अभियान कसरी र किन सुरु गरियो लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँकै पहलमा केहि वर्ष पहिला सम्पुर्ण एसएलसी केन्द्रहरुलाइ सेनेटरी प्याड युक्त जिल्लाका रुपमा कास्कीलाइ घनेषणा गरिएको थियो भने १९ वटा जिल्लाका सेन्टरहरुमा व्याड व्यवस्थापन गरिएको थियो । क्याम्पस प्रमुख प्रा. धर्मराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष टङ्कराज अधिकारीले र संचालन जमुना अर्यालले गर्नुभएको थियो ।
क्याम्पसको आयोजना वडाको सहयोग र सामाजिक जागरणका लागि नारि अभियानको पहलमा उक्त कार्यक्रम गरेपछि विद्यार्थीहरु खुस हुदै अन्य कलेजहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । विद्यार्थीका तर्फबाट मिना नेपालीले बोल्नुभएको थियो भने कार्यक्रममा वडा सदस्य वैकुण्ठ भण्डारी , शान्तादेवी गुरुङ, तारा सेवा, शिक्षा समिति सदस्य झपिन्द्रराज रेग्मी,लाल बहादुर राना, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, गुप्तेश्वर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेल लगायत सदस्यहरु, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।