माउन्ट अन्नपुर्णमा स्पोट्र्स मिट

कसमस समुहद्धारा संचालित पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपुर्ण माविमा स्पोट्र्स मिट सम्पन्न भएको छ । बिद्यार्थीहरुको शिक्षाको साथमा खेलकुदको समेत विकास गराउने उद्धेश्यले कक्षा ११ र १२ का बिद्यार्थीहरु बिच यस बर्षको स्पोट्र्स मिट आयोजना गरिएको कसमस समुहका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले बताए ।

बिद्यालयमा बास्केटवल, भलिवल र टेवल टेनिस खेल आयोजना भएको थियो । बास्केटवलमा छात्रा तर्फ ६ र छात्रतर्फ १२ समुह, भलिवलमा छात्रा तर्फ ५ टिम सहभागी  हुदा छात्र तर्फ भने १२ टिमले सहभागी जनाए । त्यसै गरी टेवल टेनिसमा छात्रा तर्फ ८ जनाले सहभागी जनाउदा ६३ जना छात्र सहभागी भए । बिहानी सत्र तर्फका गेम एण्ड स्पोटर्स क्लवका अध्यक्ष किस्टोन गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बिद्यालयले बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्धेश्यले विभिन्न खेलकुद प्रतियोगिताहरु समावेस गरेकोमा खुसि व्यत्त गर्दै युवाहरुलाई अझ धेरै खेलमा सहभागी गराउन सुझाव दिए ।

गेम एण्ड स्पोटर्स क्लवका दिवा सत्रका अध्यक्ष युवराज गुरुङले यस्ता खेल गतिविधिले आफुहरुको अध्ययनसंगै खेलकुलदमा रुचि बढाउने बताए ।