विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा दश हजार माछाका भुरा छाडिएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा बुधबार फेवातालमा स्थानीय प्रजातिका १० हजार भुरा छाडिएको हो ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तालमा माछाका भुरा छाडिन् । पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङले स्थानीय प्रजातिका माछा लोपोन्मुख अवस्थामा पुगेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले तालको पानी फोहोर, विषादिको प्रयोग र करेन्ट लगाएर माछा मार्ने कारण माछाको संख्या घटेको बताउदै त्यसलाई रोक्नुपर्नेमा जोड दिइन् । उनले फेवातालको पानी प्रदुष भएको बताउदै फेवातामा जाने ढललाई डाइर्भसन गर्ने योजना सहित महानगर अगाडी बढेको बताइन् । उनले पोखराका समग्र ढल नियन्त्रणका लागि योजना निर्माण भैरहेको बताइन् ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले महानगरले स्थानीय प्रजातिका माछा र त्यसमा निर्भर जलारी समुदायको संरक्षणका लागि योजना बनाएर काम गर्ने बताए ।
हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फेवातालमा स्थानीय जातका माछा लोप हुँदै जानुका साथै माछाको उत्पादन घट्दै जाँदा आफूहरु संकटमा परेको बताए ।
सन् १९९७ मा भारतमा १८ देशका माछा र जलाशयमा आश्रित समुदायका प्रतिनिधिको भेलाले विश्व फिस फोरर्म गठन गरि सन् १९९८ नोवेम्वर २१ देखि विश्व मत्स्य दिवस मनाउदै आएको मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख अग्नि नेपालले जानकारी दिनुभयो ।
प्राकृतिक जलाशयका आसपास बासोबास गर्ने र मत्स्य एवं जलचरमा आश्रि समुदायद्धारा मनाइने दिवसमा सांस्कृतिक र्याली, गोष्ठि, प्रदेशनी जस्ता कार्यक्रम अन्तरगत तालमा माछाका भुरा छाडेर मनाइएको उहाँले बताए ।
माछाको खाद्य सुरक्षा, आर्य आर्जन, रोजगारीका साथै सास्कृतिक र पर्यटनसंगको सम्वन्ध तथा महत्वलाई मध्यनजर गदै दिवसको अवसरमा पोखरामा उपत्यकामा बसोबास गर्ने जलारी समुदायले जनेचतनामुलक र्याली सहित नेपालका नदीनाला तथा तालतलैयामा पाइने मत्स्य अनुसन्धान केन्द्रले उत्पादन गरेका शहर माछाका भुरा छाडिएको प्रमुख नेपालले बताए ।