कास्की कांग्रेसमा थपिए ११ सदस्य

नेपाली कांगे्रस कास्कीमा ६ जिल्ला सदस्य र ५ जना आमन्त्रित जिल्ला सदस्य मनोनीत भएका छन् । जिल्ला सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेका हुन् ।

जिल्ला सदस्य मनोनित हुनेमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्दज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् ।आमन्त्रित जिल्ला सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल मनोनीत भएका छन् ।
बैठकले मंसिर महिनामा कास्कीका ५ वटै स्थानीय तहमा कार्यशाला गर्ने निर्णय गरेको छ । कार्यशालाका लागि पोखरा महानगरपालिकामा माधव बास्तोला ‘मधु’ संयोजक र विजयराज आचार्य सहसंयोजक रहेको उपसमिति गठन गरिएको छ ।

त्यस्तै, मादी गाउँपालिकाका लागि बृजमान गुरुङ, रुपा गाउँपालिकाका लागि देवेन्द्र रानाभाट, अन्नपूर्ण गाउँपालिकाका लागि पोषनाथ शर्मा र माछापुच्छ«े गाउँपालिकाका लागि लक्ष्मी पाण्डेलाई संयोजक तोकिएको छ ।कार्यशालामा निर्वाचनका उम्मेद्वार, इकाई समिति, भातृ तथा शुभेच्छुक संघ÷संस्थाका पदाधिकारी सहभागी हुने छन् ।