पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा पर्ने फेवातालमा जाल हाल्दा राइफल र गोली भेटिएको छ । खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले बिहीबार साँझ हानेको जालमा एसएलआर राइफल र त्यसमा लाग्ने गोली अड्किएर आएका थिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीले मु वा १११ (बट) नम्बर, बडी नं.१३८१० लेखिएको एसएलआर राइफल एक थान भेटेको पुष्टि गरेको छ । सोही हतियारमा लोड भएको गोली १८ राउन्डसहित जालमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
हतियार र गोली सुरक्षा निकायले लिएर अनुसन्धानअघि बढाइएको उनले जनाए ।





